×

रुकुम पूर्वको कृषि विकास बैंकका प्रबन्धक आफ्नै निवासमा मृत फेला

images

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला परेका छन् ।

सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो अचेत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २: ५० बजे गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

चेकजाँचका क्रममा चिकित्सकले अपरान्ह ४:२० बजे गिरीको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीले अहिले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

शनिबार ३२ साउन २०८२ ०७:२७ PM मा प्रकाशित

प्रतिक्रिया