सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दीपमान लोप्चन भारी मतका साथ विजयी भएका छन् । उनी ७७६ मतसहित विजयी भएका हुन् । वडा नम्बर ३ मा एमालेको पुरै प्यानलै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार संजीव मोक्तानलाई ३०६ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । मोक्तानले ४७० मत मात्रै प्राप्त गरेका छन् ।
नव निर्वाचित वडा अध्यक्ष लोप्चन निर्वतमान वडा अध्यक्ष समेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा ऊनी स्वतन्त्र बाट निर्वाचित भएका थिए।
उनी केही महिनाअघि मात्रै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलि कै निवास पुगेर नेकपा एमालेमा प्रवेश गरेका थिए । ५ वर्षे कार्यकालमा उनले आफ्नै पैत्रिक सम्पत्ति लगभग एको करोड भन्दा बढिको जग्गा दान गरि वडामा विकराल रूपमा रहेको खानेपानी समस्या समाधान का लागि योजना ल्याइ हाल खानेपानीको ट्यांकी तिव्र रूपमा निर्माण समेत गरेका छन।
यो बिजय सँगै वडा वासीहरु अहिले विजय उत्सवमा रमाइरहेका छन। हरिवन नगरपालिका को मतगणना अझै जारी छ । शुरुआत देखि नै निवर्तमान नगर प्रमुख गणेश प्रसाईले अग्रता लिइरहेका छन। नगर प्रमुख , उप प्रमुख र सबै वडामा जनता समाजवादी पार्टीको गठबन्धन छ।
प्रतिक्रिया