×

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

images

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ दुई हजार ५९८ मतसहित विजयी हुनुभएको हो । 

यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन लिम्बू  निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार ६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको छ । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गर्नुभएको छ । 

सोमबार २ जेठ २०७९ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया