×

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत सङ

images

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् । साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका छन् ।  

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए। 

राजदूत सोङले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए। 

सोमबार २ माघ २०७९ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया