×

विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै ठमेलको नर्सिङ्ग चोकमा दीप प्रज्वलन

images

काठमाडौं । पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै ठमेलको नर्सिङ्ग चोकमा दीप प्रज्वलन गरिएको छ । सोमवार काठमाडौंमा ठमेल पर्यटन विकास परिषदको आयोजना मा विभिन्न पर्यटन ब्यबसायी को संगठन हरुले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।

 आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकका सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । 

सोमबार २ माघ २०७९ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया