काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने तयारी गरेका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् । बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरु नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका हुन् ।डा.भट्टराईले पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने भएपछि असन्तुष्ट नेताहरूले वैकल्पिक शक्ति बनाउने तयारी गरेका छन्।
बाबुरामले नयाँ शक्ति बनाउँदा साथ दिएका नेताहरू जम्मा भएर नयाँ पार्टी बनाउन शुक्रबार काठमाडौंमा भेला बोलाएका छन् । यसरी भेला गर्नेमा नेताहरुमा डम्बर खतिवडा, केशव दाहाल, मुमाराम खनाल, प्रशान्त सिंह, मदन राई, वीरेन्द्र पोखरेल, अशोक श्रेष्ठ लगायतका नेताहरू छन् ।
प्रतिक्रिया