त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

    images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ।

    प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए । 

    यी हुन् नवनियुक्त डिन

    १ः वन विज्ञान अध्ययन संस्थानः ठाकुर सिलवाल

    २ः चिकित्साशास्त्र अध्ययन संस्थानः डा. मोहनराज शर्मा

    ३ः मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानः डा. द्धिविनन्द ढकाल

    ४ः शिक्षाशास्त्र संकायः डा. बेदराज आचार्य

    ५ः व्यवस्थापन संकायः डा. महानन्द चालिसे

    ६ः इन्जिनियरिङ अध्ययन संस्थानः डा. सुशीलवहादुर बज्राचार्य

    ७ः विज्ञा तथा प्रविधि अध्ययन संस्थानः डा. शंकर खनाल

    ८ः कृषि तथा पशुविज्ञान अध्ययन संस्थानः डा. किशोरचन्द्र दाहाल

    आइतबार​ ३० मंसिर २०८१ १२:०६ PM मा प्रकाशित

    प्रतिक्रिया