×

माओवादी केन्द्रमा सांसदहरुले सपथ लिएपछि मात्रै संसदीय दलको नेता छनौट हुने

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचित सांसदहरुले सपथ लिएलगत्तै संसदिय दलको नेता निर्वाचित गर्ने भएको छ । निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै संसदिय दलको नेता चयन गर्ने बताएको छ । ।

 माओवादी केन्द्रमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै छ। माओवादी केन्द्रमा यो निर्वाचनबाट प्रत्यक्ष तर्फबाट १८ जना र समानुपातिकबाट १४ जना गरी जम्म ३२ जना सांसदहरु निर्वाचित भएका छन् । माओवादी केन्द्रमा अहिलेसम्म निर्वाचित कुनैपनि सांसदले संसदिय दलको नेताको लागि दाबि गरेका छैनन् । 

बिहीबार २९ मंसिर २०७९ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया