×

भरतपुर महानगर–१मा  गठबन्धन विजयी

images

भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार  नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुुभएको छ । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको  अग्रता कायम छ ।  उहाँले उक्त वडामा १२१ मतले अग्रता लिनुभएको हो । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाउनुभएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

आइतबार​ १ जेठ २०७९ १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया