काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।
यस्तै पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए । चैतको दोस्रो सातासम्म तीन वटै बैठक बसेर स्थानीय तहको तयारी अगाडि बढाउने एमालेको तयारीमा छ ।
उक्त बैठकले उम्मेदवार छनोट, घोषणापत्र तयार लगायतका मापदण्ड बनाउने छ ।
प्रतिक्रिया