×

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  भेटका क्रममा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक बिषयको सम्वन्धमा छलफल हुँदैछ ।

राष्ट्रपति निर्वाचन आउने २५ फागुनमा तय भएको छ । सत्तारुढ दलबीचको पूर्व सहमति अनुसार राष्ट्रपति एमालेको भागमा परेका छ । तर, माओवादी केन्द्रसँग एमाले शशंकित छ । राष्ट्रपति साझा उम्मेदवार हुनु पर्ने सर्त राखेपछि एमाले माओवादीसँग सन्तुष्ट छैन ।   

यद्यपी भेटमा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सहयोग गर्न ओलीलेआग्रह गर्दै आएका छन् । पुस १० गते भएको सहमति अनुसार एमालेले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र त्यसैमा सर्वपक्षीय सहमति गर्नुपर्ने ओलीको अडान रहेको छ ।

बुधबार ३ फागुन २०७९ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया