×

बुद्ध एयरले जनकपुर र धनगढीबाट पोखराको सिधा उडान भर्ने

images

काठमाडौँ   बुद्ध एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्ने भएको छ । अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि वचत हुने भन्दै बुद्धले जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको हो । 

शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको छ ।

जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहीबार र शनिवार र त्यसैगरी धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान तालिका बुद्ध एयरले आज प्रकाशित गरेको छ ।

यी दुई गन्तव्यको लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ ।

 

मङ्गलबार ३ फागुन २०७८ ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया