×

मानवअधिकार आयोगलाई बलियो बनाउँने प्रधानमन्त्रीको प्रतिवद्धता

images


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागतरूपमा बलियो बनाउने बताएका  छन्  
बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरू सँग सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले आयोग कति शक्तिशाली छ भन्ने कुरा नेपालको मानवअधिकारको स्थिति मापनले थाहा हुने बताएका छन् । 

‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सवल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ ? भन्ने कुरा मापन हुन्छ । तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ ।राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ  । ’

प्रधानमन्त्रीले आयोगका सातवटै प्रदेशका संरचना बलियो बनाएर लोकतन्त्र, कानुनी छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनावद्ध रूपमा पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे  ।
 

बुधबार ३ फागुन २०७९ ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया