×

यती एयरलाइन्स विमान दुर्घटना- तीन डाक्टरको मृत्यु

images

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो । साथै उनीहरुको  १० महिने शिशुको पनि मृत्यु भएको छ।

उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।  यसैगरी ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा. गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षका उनी काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका नेपाल चिकित्सक सघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।

पोखरामा काम गर्नुअघि डा. थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका थिए । नेपाल चिकित्सक संघले दुर्घटनामा परी उनीहरुको असामयिक निधन भएकोमा  स्तब्ध भएको विज्ञप्तिमार्फत  जनाएको छ  ।

यो अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै संघले दुर्घटनामा दीवंगत चिकित्सकहरुको असामयिक निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको उल्लेख गरेको छ । 
 

आइतबार​ १ माघ २०७९ ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया