काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए । त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनको भनाइ छ ।
‘‘मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरु पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’ गुरुङले भने– ‘उहाँ (केपी ओली) लाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरु विषयमा कुराकानी भएन ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् । यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।
प्रतिक्रिया