×

अर्जेन्टिना विश्वकपको फाइनलमा

images

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ ।

लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर छ । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन ।

अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । 

हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ । क्रोएसियाले अब तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्कोबीचको पराजित टोलीसँग प्ले अफ खेल्नेछ । यस्तै अर्जेन्टिनाले भने फ्रान्स र मोरोक्कोबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आइतबार राति हुनेछ । 

बुधबार २८ मंसिर २०७९ ०८:१८ AM मा प्रकाशित

प्रतिक्रिया