×

घाइते युबिनाको खातामा रु एक लाख ७२ हजार बचत

images

व्यास नगरपालिकाका–११ सेरास्थित बुल्दी खोलाले बगाउँदा घाइते भएकी स्थानीय चार वर्षीया बालिका युबिना थापाको नाउँमा रु एक लाख ७२ हजार २३३ सङ्कलन भएको छ । 

गत असार २ गते सोही वडास्थित वसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत थापा विद्यालयबाट घर फर्किने क्रममा स्थानीय बुल्दी खोलाले बगाउँदा घाइते भएकी बालिकाको उपचार गरेर बढी भएको उक्त रकम बालिकाको नाउँमा जम्मा गर्न लागिएको छ ।  

उक्त रकम विद्यालय प्रशासन, बालिकाको अभिभावक र टोल विकास समितिका अध्यक्षको रोहवरमा बालिकाको नाममा खाता खोली जम्मा गर्ने योजना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम आले मगरले बताउनुभयो । खोलाले बगाउने क्रममा बालिकाको योनीको भागभन्दा केही माथिबाट काठको ठोसो पस्दा पाठेघरसम्म पुगेर घाइते भएपछि उपचारका लागि पोखरास्थित फिष्टेल अस्पतालमा लागि लगिएको थियो । 

 आर्थिक अवस्था नाजुक रहेकी बालिकाको उपचारको क्रममा आर्थिक अभाव भएपछि विद्यालयकी पूर्वप्रधानाध्यापक शर्मिला पौडेल ओझाले सहयोग सङ्कलन अभियान चलाउनुभएको थियो । अभियानका क्रममा कूल रु तीन लाख ४७ हजार २३३ सङ्कलन भएकोमध्ये रु एक लाख ७२ खर्च भई रु एक लाख ७२ हजार २३३ बचत भएको हो । 

बालिकाको उपचारपश्चात् बढी भएको रकम बालिकाले नै प्रयोग गर्ने गरी बैंकमा जम्मा गर्न लागेको विद्यालय प्रशासनले जनाएको छ । बालिकको स्वास्थ्यमा सुधार आएपछि अहिले घर ल्याइएको छ । सामाजिक सञ्जालमार्फत शिक्षक ओझाले चलाएको अभियानमा व्यास नगरपालिका, वडा कार्यालयलगायत विभिन्न सङ्घ संस्थाले आर्थिक सहयोग गरेका थिए ।

बालिकाको स्वास्थ्यमा पुनः समस्या आएमा सोही रकमले उपचार गर्ने र समस्या नआए पढाइमा खर्च गर्ने गरी बंैकमा खाता खोलेर जम्मा गर्ने सहमति भएको शिक्षिका ओझाले जानकारी दिनुभयो । बचत भएको उक्त रकम बालिकाको बुबा अर्जुन थापामगरलाई शिक्षक ओझाले आज हस्तान्तरण गर्नुभएको हो । 

बिहीबार ३० असार २०७९ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया