×

सर्पकाे टाेकाइबाट गर्भवतीकाे ज्यान गयाे

images

 अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ की रामपुरा शाहीको सर्पको टोकाइबाट ज्यान गएको छ । 

लयाँटीकी ३२ वर्षीया शाहीलाई हिजाे साेमवार राति सर्पले टोकेको थियो । परिवारले गाउँमै झारफुक गरी बिहान अस्पताल ल्याउने तयारी गरिरहेको बेला उहाँको ज्यान गएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो । 

६ महिनाको गर्भवती रहेकी रामपुराका एक छोरा, एक छोरी छन् । मृतकका श्रीमान् शारीरिक रूपमा अस्वस्थ रहेको बताइएको छ । 

मङ्गलबार ३१ जेठ २०७९ ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया