×

यी स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

images

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ ।

प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश नं १ मा धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको तराइका भू-भागहरूमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मङ्गलबार ३१ जेठ २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया