×

मोदीको लुम्बिनी भ्रमणमा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने

images

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने भएको छ । मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा जेठ दुई गते बुद्ध जयन्तीका दिन लुम्बिनी आउने भएका छन् ।

भारतीय विदेश मन्त्रालयले भ्रमणका बेला दुई देशबीच विकास निर्माण, व्यापार वाणिज्य, पर्यटनलगायतका विषयमा छलफल हुने जानकारी दिएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण हुनु नेपाल र भारतबीचको निकटसम्बन्धको प्रतीक रहेको समेत बताएका छन् ।

नेपाल र भारतबीच जलविद्युत् ऊर्जा व्यापारको दिगो र ठूलो व्यापारको क्षेत्र रहेको उनले बताएका छन् । सचिव क्वात्राले भारतले नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा लगानी बढाउन पहल गरिरहेको र सडक सञ्जाल तथा रेल्वे कनेक्टिभिटीलगायतका विषयमा पनि दुई देशको उच्च नेतृत्वबीच छलफल हुने जानकारी दिएका छन् । 

तर नेपाल भारतीबीचको सीमा विवादका विषयमा भने उनले केही पनि बोलेका छैनन् । भारतीय पक्षले दुई देशको सम्बन्ध विभिन्न समयमा भएका सन्धि सम्झौताभन्दा धेरै माथि रहेको जनाएको छ । 

शनिबार ३१ बैशाख २०७९ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया