×

न्यायाधीशपत्नीआरती गिरीले गरिन् आत्मदाहको प्रयास

images

 

काठमाडौं। न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी उनकी पत्नी आरती गिरीले आत्मदाहको प्रयास गरेकी छिन् आरतीले आइतबार सर्वोच्च अदालतभित्रै ज्वलनशील पदार्थ खनाएर आत्मदाहको प्रयास गरेकी हुन् ।उनी प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेसँगै सुरक्षाकर्मीको आँखा छल्दै सर्वोच्च प्रवेश गरेकी थिइन् ।

उनले सर्वोच्च प्रवेशपछि ज्वलनशील पदार्थ ज्यानमा खन्याएर आगो सल्काउन लाग्दा प्रहरीले पक्राउ गरेको थियो । अर्धचेत अवस्थामा रहेकी उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।उनले ‘न्याय की मृत्यु’, ‘बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् ।जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

 

आइतबार​ २९ पुस २०८० ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया