×

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै माओवादी सांसदद्वारा छानबिनकाे माग

images

 नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य बनाएका एम अधिकारी भन्ने व्यक्तिको बारेमा संसदमा प्रश्न उठेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा माओवादी केन्द्रका सांसदहरुले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी, खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हो कि होइन भनेर प्रश्न गरेका हुन् ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक ऐन तथा नियमावली अनुसार गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आबद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको भन्दै यसबारे छानबिन गर्न माग गर्नुभएको छ । माओवादी केन्द्रकी अर्की सांसद अमृता थापाले पनि यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

नेकपा एमालेले असार २६ गते जारी गरेको अन्तर पार्टी निर्देशनको अर्थ विभागमा उल्लेख एम अधिकारी खोटाङ को हो भन्नेबारे बहस भइरहेको छ । धेरैले एम अधिकारी भनेको गभर्नर महाप्रसाद अधिकारी नै हो भने पनि अधिकारीले भने ट्वीटरमार्फत एमाले अर्थ विभागमा रहेको मानिस आफू नभएको बताउनुभएको छ । 

बुधबार २९ असार २०७९ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया