काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू आज बिहान बालुवाटार पुगेका थिए ।
भेटका क्रममा नागरिकता विधेयक, नेता/कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, आर्थिक वर्ष २०७९/०८० को बजेटलगायतका विषयमा छलफल भएको बताइएको छ ।
यसअघि लोसपाले देउवालाई बुझाएको ११ बुँदे मागहरूबारे पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया