काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ । हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो ।
बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।
एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले पालिका चुनावमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको तथा पार्टीभित्रको अन्तर्घातले चुनावमा सोचेजस्तो नतिजा नसकेको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया