काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने जनाएको छ ।
काठमाडौंमा हिजो पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस बिषयमा जानकारी गराएको हो । नेकपाका केन्द्रीय सदस्य चिरण पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होईन ? भन्ने खतरा औंल्याउनु भएको छ ।
पुनले अमेरिकी साम्राज्यवादको विरुद्धमा आफूहरुले संघर्षको कार्यक्रम सुरु गरेको उल्लेख गर्दै सोही अन्तगर्तत एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने पनि बताए ।
प्रतिक्रिया