काठमाडौँ उपत्यकाको पश्चिमको स्यानो थुंगामा अवश्थित बागेश्वरी पंचधातु महाचैत्य ज्योतिस्वरुप र पन्चपुर परापुर्ब काल देखिने आकर्षण र अश्थाको केन्द्रमा रहेको छ | सत्ययुग देखिने यस गोपुच्छ पर्बतमा धेरै बुद्ध बिपस्वी मनुहरु आइ यहाँको ज्योति स्वरूपको दर्शन गरि फर्केको या यहि रहन गएको कथन अद्धापी सुनिन्छ भने उनीहरुको नामका सत्तल, पाटि, चैत्य, पिठ, मुर्ति , पूर, गुम्बा, चट्टान, कुण्ड, संरचना भने अद्धापी देखिन आउँछ जुन सबैको लागि रहश्यमय र हेर्न लाएक को पनि छ | सबै शक्तिको बिश्वासको केन्द्र स्थल भएकोले यहाँ जो कोहि पनि आउन र दर्शन गरि रमाउन या पवित्र हुन् चाहन्छन | यसैले यहाँ समय समयमा जिर्णोद्वार मर्मत या सुन्दरता बढाउने कार्य र भक्ति भावले प्राथना पुजा ध्यान अर्चना प्रबचन भजन आदि धार्मिक या सांस्कृतिक कार्यहरु भै नै रहन्छन |
स्वयम्भू पुराणलाई अधार मानि हेर्दा मानिष को उमेर ६0,000 वर्ष हुँदा देखिनै विभिन्न व्यक्तित्वहरु विभिन्न मण्डलबाट स्वयम्भूको बागेश्वरी ज्योतिको दर्सन गर्न आउने कुराको बर्णन पाइन्छ | बिपक्षीबुद्ध पछि त् यो क्रम अझ बढेको पाइन्छ | नाग्दहबस तालमा शाक्य मुनि गौतम बुद्ध भन्दा अघिका बुद्ध शिखि तथागत , बिश्व भू तथा गत, क्रकुच्छ्न्द तथागत लगायतले स्वयम्भू ज्योतिरुप हेरी जानु भएको बर्णन गरिएको छ | समय संगै स्वयम्भू पर्बतको नाम परिबर्तन हुदै आएको पाइन्छ | सत्ययुग मा यसको नाम पद्ध्म गिरि थियो भने तेत्रयुगमा गोपुच्छ पर्बत भनि प्रख्यात थियो |
द्वापरयुगमा बज्रकुट भनि कहलिएकोमा हिजो आज कलियुगमा गाईको पुच्छर जस्तो भएकोले यस पर्बतको नाम गोपुच्छ पर्बत भनि चिनिएको छ | नेवारी भाषामा साम्हयंगु पर्बत पनि भनिन्छ, बास्तव मा रुखै रुखको पर्बत भएकोले पनिस् गु को अर्थ रुख भएकोले, रुखहरुको पर्बत भनि तिबती भाषा मा पनि उल्लेख गरिएको पाइन्छ | परापुर्ब कालमा कल्पब्रिक्ष समेत पाइने यस बनमा थरिथरिका फूलका बिरुवाहरु, विभिन्न जातका फलका रुख रहेको छ | बर्तमान अवस्थामा माहाचैत्य र मन्जुश्री पर्वत् को बीच भागको खोपिल्टामा आइपुग्दा स्वयम्भूवनको अबलोकन गर्दा नै विभिन्न जातका र रूपका फूल प्रदान गर्ने वृक्षहरु देख्न पाइन्छ| धेरै पहिला देखि नै यहाँ प्राकृतिक स्वरूपको एक स्यानो पोखरी थियो, र यहि पोखरीमा यहाँका बाँदरहरु त्यहाँ रहेको पुंवालेको रुखको हाँगाबाट हामफालेर पोखरीमा पसी पौडी खेल्द थिए | यो द्रिक्ष त्यहाँ आइपुगेका स्वदेशी तथा बिदेशी पर्यटक का लागि अति रोचक हुने गर्दथियो जुन आज पनि बिधमान छ |
नजिकै रुख नभएता पनि आनन्द कुटी बिहार जाने बाटोमा एक पोखरी निर्माण भएकोले वरिपरिका असंख्य बाँदरहरु यसै पोखरीमा पौडी खेल्दै गरेको द्रिक्ष ज्यादै रोचक मानि सबै जना ले हेर्ने गर्दछन I यस ठाउँ बाट देखिने वनको झलक र पारि नागार्जुन पर्बत मुनिको सहरको रुप ले पर्यटक हरुलाई लोभ्याई रहेको अनुभव हुन्छ I यो ठाउको वरिपरि पाइने रुख हरुमा फिरफिरे, पुंवाले, सिप्लिगान, नेरवार , स्याल्फुसरे, फोबे,काँडे सल्ला, जामुन, चिलाउने, सिलिंगी, डमरी, असुरो, कपुर, खरी, सिन्दूरी, रिठ्ठा, काँगियो फूलको रुख, पैयुँ, काभ्रो, मसला, तांकी, जमाने मान्द्रो जस्ता महत्व पूर्ण रुखहरु देख्न सकिन्छ I
म यस ठाउँलाई अलिकति भएपनि ब्याख्यागर्न चाहन्छु I गोपुच्छ पर्बतको दक्खिन पच्छिम पट्टिको बाटोबाट स्वयम्भू महाचैत्य दर्शन गर्न अरु ठाउं भन्दा सजिलो छ I उकालो कम र गाडी र बाइक बाट पनि सजिलै पुग्न सकिने यो स्थल मा एक स्यानो पोखरी निर्माण गरिएको र पोखरीको बिचमा बालक बुद्धको प्रतिमाले सबैलाई आकर्षण गरिरहेको हुन्छ I रिंगरोड, किमदोल, आनन्द कुटी बिहारको वन क्षेत्र बाट समेत सजिलै पुग्न सकिने यो स्थल लाई बिभिन्न नाम ले चिनिन्छ I प्रथमस् त यहाँ को स्यानो कुण्डको नाम बिश्व शान्ति पोखरी राखिएको छ जहाँ जहिले पनि पाचँ ओटा ढुंगे धाराबाट पोखरीमा पानि भरिरहेको हुन्छ | यस्तो उचाइको ठाउमा पोखरीमा पानि भरिएको र प्रसस्त बाँदरहरु रहने यो ठाउ हो I यी बाँदरहरु पर्यटकहरु संगै रमाई रहेको देख्न सकिन्छ I यसै पोखरीको उत्तर तर्फको थुम्कोमा एक खुंडा हातमा लिइरहेको विशालकाय मन्जुश्री को मनमोहक मूर्ति स्थापना गरिएको छ जसले काठमाडौँ उपत्यकाको उत्पति को कथा बताई रहेको हुन्छ र स्वयम्भू ज्ञानको भुमि मन्जुश्री या निकै प्रख्यात भएको नाम सरस्वतिथान को पर्बत भुमि भएको बताउद छ I मन्जुश्री को दर्शन गर्नका लागि यो स्थल निकै सजिलो छ I श्री पंचमी का दिन र अरु दिन पनि पर्यटक हरु यसै स्थान बाट उकालो चडी मन्जुश्री र वरपरको अनुपन I हेर्न जाने गर्दछन I काठमाडौँ को पक्षिमी भाग, सेतो गुम्बा, नागार्जुन पर्बत, इचंगु नारायण, इन्द्र दह, चन्द्रागिरी पर्बत, रामकोट, सितापाइला, बालाजु बाइस धारा जाने रिङ्ग रोडको बाटोको झलक निकै राम्रो देखिन्छ I
विश्व शान्ति पोखरी को नजिकै एक बिशाल सुन्दर चैत्य बिधमान छ क्ष् यो चैत्यलाइ वसुबंधु चैत्य भनिन्छ | चौथो सताब्द मा यो चैत्यको स्थापना भएको हो | आचार्य वसुबंधु हालको पाकिस्तान को पुरुसापुरा ९पेसावर ० गंधरा मा जन्मेका थिए | उनका तिन दाजु भाइमा तीनजना नै बुद्ध दर्सनका का ज्ञाता भए | पेसावर बाट बुद्ध दर्शन अध्ययन गर्न उनि अयोध्या आएका थिए र स्थवीर बुद्धमित्र का अनुयानी भई महायान अध्ययन गर्न लागेका थिए |
उनले धेरै छोटा मिठा सुत्रहरु प्रतिपादन गरे जसमा परमार्था सप्तति करिका सुत्रले सम्राट चन्द्रगुप्त लाइ समेत उनका अनुयानी बनाउन सफल भएका थिए | त्यस्तै उनका अर्का सुत्र अभिधर्मान्ययानुसरा शास्त्र ले पनि प्रख्याति कमायो | उमेरको पछिलो अवस्थामा उनि सम्राट असोक, बिपक्षी बुद्ध, नागार्जुन तथागत,, बोधिसत्व मन्जुश्री ले दर्शन गर्नु भएको स्वयम्भू पर्बत मा आउनु भई धर्मधातु स्वयम्भूको परिक्रमा गर्नु भयो र सोहि बज्रकुट पर्बतमा रहनु भयो | उहाँले स्वयम्भू महा चैत्यको नजिकै उस्निसाविजया धर्मपरंगता नाम को एक चैत्य को स्थापन गर्नु भएको थियो|
यो कस्यपा चैत्य को नजिकै महा चैत्यको पच्छिममा अवस्थित छ भनिन्छ | उहाँको निधन यसै दिपमा भयो र उहाँको नाम मा एक बिशाल चैत्य स्थापना भयो जुन बसुबंधु चोत्य का नाम ले जानिन्छ | उहाँको पार्थिक सरिरको अंश यसै चैत्य मा राखिएको बिश्वास गरिन्छ | यस चैत्यको पूर्वमा पथ्थरका ठुला बज्रधातु राखिएको छ | महाचैत्य जस्तै देखिने यस चैत्यमा बुद्धका प्रतिमा पनि कुदिएको छ | आकास मा एक रुखबाट अर्को रुखमा बुद्ध पतका फरफराए को देखिन्छ | यस चैत्यको पच्छिम परिसरमा सन् २०१० मा स्वयम्भू महा चैत्यको जिर्नोद्वारको समझनान्मा जर्मन मै बनिएको एक बिशाल घण्टा राखिएको छ | यस परिसरकै नजिक पर्यटकका लागि सुबिधा होस् भनि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले सुविधायुक्त सौचालय बनाएको छ | सतल पाटीले युक्त यो स्थानमा गुठि पुजा , वर्तमन पुजा , बिवाह, अजिमा को पुजा आदि अवसरका भोज र नाचगान भै रहन्छ |
यो स्थानको महत्व के मा पनि छ भने यहाँ बाट शान्तिपुर जाने भर्यांग उत्तर ( पक्षिम दिशा मा छ भने दक्षिण तिरको भर्यांग बाट ओर्ली किम्दोलको नानीछोरी पाटि र अजिमा कमल पोखरी भएको स्थानमा पनि जान सकिन्छ | यहाँ बाट नजिकैको मन्जुश्री को प्रतिमाबाट झरेको झरना यात्रीका लागि अर्को आकर्षक हो | २४ सै घण्टा यहाँ विश्व शान्ति ज्योति को दिप पनि बलिरेहेको देखिन्छ | यस स्थान बाट ध्याँकुटी तिरको वन र आनन्द कुटी बिहार हुदै रिङ्ग रोड तिर जाने बाटो छ क्ष् नजिकैको बाँदरका पौडी खेल्ने पोखरी हुदै वन तिर जाने साँगुरो बाटो बाट पुर्ब को ठुलो सिडी तिर पनि जान सकिन्छ | यहाँ बाट मन्जुश्री को प्रतिमा पछाडी को धार्मिक सामंग्री राखेको स्टोर चैत्य र गोपुच्छाग्र चैत्य ९ पुलां स्यांगु जाने बाटो छ जहाँ बाट मन्जुश्री जान सकिन्छ | यो रमाइलो स्थल बाट वन को रमाइलो देख्न सकिन्छ |
पाकिस्तानमा जन्मिएका भारतको नालन्दामा शिक्षा हाशिल गरि प्रख्याति कमाएका पण्डित वासुबन्धुले जीवनका अन्तिम काल नेपाल लाई रोज्नु भएको र स्वयम्भूमा महायान शिक्षा प्रसार गर्न आफ्ना चेलाहरु जम्मा गरि बुधिज्म फैलाउन महत्व पूर्ण योगदान गरेका थिए | यस हिसाबले उनले पाकिस्तान, भारत र नेपाललाई बुद्ध फिलोसोफीबाट एक लयमा बाधन सहयोग पुर्याएका थिए भन्न सकिन्छ |
यस स्थानको महत्व बुझेर होला गत बर्ष नेपालका कुटनीतिज्ञ एवं लेखक प्रा डा। हिरण्य लाल श्रेष्ठले एक समारोह गर्नु भई बिभिन्न कुटनीतिज्ञ हरुलाई बोलाई एक पुस्तक बिमोचन गर्नु भयो जुन पुस्तक मा उहाले पण्डित वासुबन्धु बारे Two Great Pakistani Buddhist Gurus in Nepal 41 भनि च्याप्टर ७ उल्लेख गर्नु भयो | यस कारणले यो स्थान ऐतिहासिक कारणले पनि महत्वपूर्ण रहन जान्छ | भिक्षु वासुबंधुको चर्चा जापान र चीन मा पनि गरिन्छ किनकी उनले रचेका श्लोकहरु शिक्षाको रुपमा त्यहाँ पडाई हुने गर्दछ | स्वयम्भुमा बन्न लागेको अपांग मैत्री र्याम ले अशक्त व्यक्ति हरु पनि हाल का लागि यस स्थान सम्म पुग्न सकोस भनि प्रयत्न गरेको छ | स्वयम्भु ब्यवस्थ्यापन तथा संरक्षण महासमितिले निकट भविष्यमा अशक्त व्यक्तिहरु महा चैत्य परिसर सम्म नै पुग्न सकोस भनि आफ्नो योजना पेस गरेको छ, जो चाडै पुरा होस् भनि कामना गर्न सकिन्छ |
स्वयम्भूको धार्मिक, सांस्कृतिक,पर्यटकीय र एतिहासिक खातामा यो स्थलको आफ्नै महत्व छ जुन प्रचारमा आउनु पर्छ | बडी भन्दा बडी स्वदेशी बिदेशी पर्यटकहरु यस बज्रकुट पर्बतमा आउन र नेपालको महत्व र सुन्दरता बुझ्न हामि सबै मिलेर काम गर्नु पर्ने देखिन्छ |
प्रतिक्रिया