काठमाडौँ — जाजरकोटलाई केन्द्रविन्द बनाएर मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ९ बजेर ८ मिनेट जाँदा जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोटसहित आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
यसअघि २०८० कात्तिक १८ गते जाजरकोटकै रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी १५० भन्दा बढी मानिसको ज्यान गएको थियो। त्यस्तै, २०८१ चैत २२ गते पनि जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भई ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
पश्चिम नेपालका यी क्षेत्रहरूमा निरन्तरजसो पराकम्प र भूकम्पका धक्काहरू गइरहेकाले स्थानीयवासीमा त्रास कायमै रहेको छ।
प्रतिक्रिया