×

दुबईमा आदिवासी जनजातिले ३१ औं विश्व अन्तराष्ट्रीय दिवस मनाए

images

फलेन्द्र मगर / दुबई 

अगस्ट-११ युएई अन्तरास्ट्रिय विश्व आदिवासी दिवस युएईमा पनि दुबई शहर को बर दुबई स्थित क्लब SK7 को सभा हलमा विशेष कार्यक्रमका बिच भब्यताका साथ सम्पन्न भयो । 

सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षितक्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तह लाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर " भन्ने मुल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस बिक्रम लिम्बुको सभाध्यक्ष , प्रमुख अतिथि युएईका वाणिज्य दुत कृष्ण प्रसाद चापागाईँ , विशेष अतिथिहरु मा नेपाली समाज, युएईका अध्यक्ष राम मोक्तान, नेपाल एशोसियसन एनारन युएईका अध्यक्ष विकास शाहि, आदिवासी जनजाति युवा महासंघ, युएईका अध्यक्ष दिपक थापा मगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर र राजनितिक भातृ संगठनका अध्यक्ष हरु र विभिन्न संघ संस्था हरु का प्रमुख तथा प्रतिनिधि हरु को उपस्थिति रहेको थियो।

सन:  १९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्ट का दिन अन्तरास्ट्रिय विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाए अनुसार हरेक  वर्ष अगष्टका ९ का दिन विश्व भरी यो दिवस मनाउदै आएको छ । तर वैदेशिक रोजगारमा रहेका जनजाति नेपालिहरुले भने सार्वजनिक विदाको दिन लाई अनुकुल पारेर हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएका छन । सोही अनुसार यो वर्ष युएईमा १० अगस्टका दिन मनाएको हो ।


नेपाल आदिवासी जनजाती महासंघ, युएई (नेफिन) र आवद्ध ११ वटै जातिय संघसंस्थाहरु को संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सबै आदिवासी जनजाति हरु ले आफ्नो मौलिक संस्कृति झल्किने भेषभुषा सहितको झाँकी हरु प्रदर्शन गरेका थिए । साथै सबै जातजतीहरु ले आअफ्नो पौराणिक संस्कृति झल्किने घरायसी सर सामाग्री हरु स्टल मा प्रदर्शन गरिएको थियो।

उक्त कार्यक्रममा आआफ्नो समाजलाई विषेश योगदान पुर्याए बापत हरेक मातृ संघ संस्थाहरु बाट एक महिला र एक पुरुषलाई सम्मान गरेका थिए। 
बौद्धिक विकास र क्षमता अभिवृध्दि का लागी हरेक वर्ष हरेक संस्था हरु बाट एक महिला र एक पुरुष लाई मिस्टर र मिस आदिवासी छनौट गर्दै आएकोमा यसपटक पनि ८ महिला र ८ पुरुष सहभागी रहेको मिस्टर एण्ड मिस आदिवासी प्रतियोगिता को ५ जना जुरि मेम्बर हरु ले दिएको पूर्णाङ्क को अधार मा महिला तर्फ देवि माया सुनुवार र पुरुष तर्फ किसन लाल चौधरी ले हात पारे। बिजेता दुबैजनालाई पुर्व मिस्टर आदिवासी होम रजाली मगरले ट्रफी तथा प्रमाणपत्र दिएर सम्मान गरेका थिए । आदिवासी युवा महासंघ युएई, राजवंशी सेवा समाज, युएई र कुमाल सेवा समाज युएईले सहकार्य गरेका थिए भने प्रमुख मिडिया पार्टनारको रुपमा फोनिज, युएई रहेको थियो। 
नेपाल आदिवासी जनजाति महासंघ, युएईमा हाल सम्म युएई गरि ११ वटा मातृ संस्थाहरु आवद्ध रहेका छन भने कुमाल र राजबंशी समाज पनि आबद्ध हुने चरणमा छ्।

सोहि कार्यक्रममा गत जुलाई २७ तारिख का दिन सम्पन्न १० औं महाधिवेशन बाट २५-२७ कार्यकालका लागी नयाँ नेतृत्व मा आएका पदाधिकारी हरु को घोषणा पनि गरिएको थियो। 


अध्यक्ष :- भागरथी कुमार भगत ( थाकस, युएई)
वरिष्ठ : उपाध्यक्ष राजु मिलु गुरुङ ( तमु समाज, युएई) 
उपाध्यक्ष : धनकृष्ण राई , शम्भु वाइवा तामाङ र बुद्ध  बहादुर तामाङ 
महिला : उपाध्यक्ष शिला राना मगर 
महासचिव: मनिषा लिम्बु 
सचिव : देव ब . घर्ती  
कोषाध्यक्ष : चयन हुन बाँकी 
सहकोषाध्यक्ष : रमानन्द चौधरी 
महिला वि. प्रमुख :- सबिना चाम्लिङ राई 
प्रवक्ता : काजल तामाङ 
सांस्कृतिक विभाग प्रमुख : प्रदीप पुन मगर 
जनसम्पर्क सचिव: देवी माया सुनुवार 
राहत तथा उद्धार कोष संयोजक :- बबिता रास्कोटी मगर 
सदस्य हरु :-  रिमिका सुनुवार , प्रेम ब मगर  र सुस्मिता तमुस्यो आदि रहेका छन्। औपचारिक कार्यक्रम डिके किराती लिम्बुको संचालन थियो भने अनौपचारिक कार्यक्रम शिला राना मगर र बुद्ध लामा ले गरेका थिए।

सोमबार २७ साउन २०८२ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया