काठमाडौँ । समासेवी, माओवादी युवानेता अर्जुन थापाले स्व बुवाआमाको सम्झनामा स्थापान भयको चन्द्रलोक शैक्षिक कोषबाट धौलागिरीको ११ माबिका १६० जना अति बिपन्न , अनाथ, जेहेन्दार विद्यार्थी हरुलाई बर्षभरी पुग्नेगरी शैक्षिक सामाग्री बितवरन गर्नु भयको छ ।
आफ्ना दिवंगत बुवा र आमाको नाममा थापाले रु. दश लाखको कोष स्थापना गर्नुभएको छ । कोषबाट गत वर्ष १०० जनालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । अध्ययन र व्यवसायको शिलशिलामा काठमाडौमा बस्दै आउनुभएका थापा नेकपा (माओवादी केन्द्र)को विशेष प्रदेश समिति सदस्य हुनुहुन्छ ।
थापाको अगुवाईमा काठमाडौमा १२ वर्षअघि स्थापना भएको क्विक ब्लड सेन्टरले चार हजार तीन सय जना बिरामीलाई रगतको व्यवस्थापन गरेको छ । थापाले ४३ पटक आफैले रक्तदान गर्नुभएको छ । म्याग्दिलगायत वैदेशिक रोजगारको सिलसिलामा फसेका युवाहरूलाई नेपाल प्रहरी र माओवादी केन्द्र विशेष सहयोगमा निशुल्क रुपमा पैसा उठाईदिने काम गर्नुभयको छ ।
प्रतिक्रिया