×

दुई लाख मतदाता थपिने

images

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने भएका छन् ।

शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलका निर्वाचन आयोगले वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको मताधिकार सुनिश्चित हुने गरी ‘कट अफ डेट’ निर्धारण गरिएको जानकारी गराएको हो । यसो गर्दा थप दुई लाख युवाहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

२०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यसबेला एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए ।

 

शुक्रबार​ २७ फागुन २०७८ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया