×

 आज साँझ  भूकम्पको धक्का महसुस

images


२८ फागुन । आज साँझ  भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भर्खरै बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको छ ।
पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।


 

सोमबार २७ फागुन २०८० ०६:५२ PM मा प्रकाशित

प्रतिक्रिया