दमौली, २४ मङ्सिर ,तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अबलोकितेस्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गर्नुभएको छ ।
निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उहाँले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराउनुभएकोे बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउनुभयो । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बुद्धको गुम्बा निर्माणका लागि पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । गुरुङले भन्नुभयो, “यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बा निर्माण थालिएको थियोे । यहाँ शाक्यमुनि बुद्धका मूर्ति छन् ।” सोही ठाउँमा उहाँकै सक्रियतामा अर्को गुम्बा पनि निर्माण थालिएको छ । भियतनामी शैलीमा भियतनामी इञ्जिनीयरको सहयोगमा अबलोकितेस्वर बौद्ध गुम्बा निर्माण थालिएको होे । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गुम्बाले टेवा पु¥याउने गुरुङको भनाइ थियो।
बुद्धजयन्तीका बेला यहाँ बौद्ध धर्मावलम्बीको भीड लाग्ने गर्छ । गुम्बा संरक्षणका लागि गणेशबहादुर गुरुङकै संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको छ ।
–––
प्रतिक्रिया