×

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो । जस अनुसार बा डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ ।

यसअघि डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।

 

 

Single Image

शुक्रबार​ २४ असोज २०८२ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया