×

सिमानालाई व्यवस्थित गर्न जरुरी छ’

images

विभिन्न राजनीतिक दलका नेताहरुले देशको सिमानालाई व्यवस्थित गर्दै सुरक्षा व्यवस्था मजबुद पार्न आग्रह गरेका छन् । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडे तारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले यस्तो  बताएका हुन् । 

आज आयोजित साक्षात्कारमा नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा भीमबहादुर रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्नेमा जोडदिए  । नेपालले आफ्नो सिमानाको सुरक्षा राम्रोसँग गर्नुपर्ने उहाँले उल्लेख गर्दै  डा.  रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन् ।

नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको उल्लेख गर्दै यो संविधान विपरित भएको बताएका हुन् । उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले विश्वका सबै मुलुकका सिमाना नियन्त्रित र व्यवस्थित रहेको उल्लेख गर्दै नेपालले पनि आफ्नो सिमाना व्यवस्थित राख्नुपर्नेमा जोड  दिए । 

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । छिमेकीसँगको सीमा विवादको विषयलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्ने  भनाइ उनको  रहेको थियो । 

नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले राष्ट्रियता माथि प्रहार हुँदा सबै मिलेर जोगाउनुपर्नेमा जोड दिए। 

बुधबार २५ साउन २०७९ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया