×

हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ नौ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ एक पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४४८ रुपैयाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ नौ पैसा र विक्रीदर ३५६ रुपैयाँ ६५ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

मङ्गलबार २८ जेठ २०८२ ०७:०० AM मा प्रकाशित

प्रतिक्रिया