×

आजको मौसम -- पहाडी भूभागमा आंशिक बदली रहने 

images


काठमाडौं । आज(सोमवार) मुलुकको पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । बाँकी भागको मौसम भने सामान्यतया सफा रहनेछ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनसहित सहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । बाँकी प्रदेशको मौसम सफा

रहनेछ । त्यस्तै, सोमवार राती मुलुकको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

सोमबार २७ चैत २०७९ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया