×

हेटौँडामा राप्रपाको आमसभा

images

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा आज हेटौँडाको हुप्राचौरमा आमसभा सम्पन्न भएको छ । यसअघि नगरको विभिन्न भागबाट बाजागाजासहित जुलुस तथा मोटरसाइकल ¥याली हुप्राचौर पुगी आमसभामा परिणत भएको थियो ।

सो अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामान्य आँखाले हेर्दा देशलाई केही भएको नदेखिएको तर देशको आर्थिक अवस्था कमजोर हँुदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी मुद्रा सञ्चय कम भएको छ, आयात वृद्धि भएर गएको छ, निर्यात कमजोर छ, बैंकमा लगानीयोग्य रकम जम्मा छैन, नेपाल पनि श्रीलङ्काको बाटोमा जान्छ कि भन्ने चिन्ता लागेको छ ।” 

उहाँले नेपालको विकास सहीरूपमा गर्न एक मात्र विकल्प राप्रपा पार्टी भएको भन्दै आगामी स्थानीय तह, प्रदेश र संसद्को चुनावमा राप्रपा पार्टीलाई भोट दिन आग्रह गर्नुभयो । राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ तथा भुवन पाठकले अब देशको विकास गणतन्त्र र सङ्घीयताबाट सम्भव नभएको बताउनुभयो । यसैगरी राप्रपा नेत्री एवं केन्द्रीय सदस्य रेखा थापाले देशको राष्ट्रियता, स्वाधीनता, मौलिकता बचाउन र युवा एवं महिलाको सुनिश्चित भविष्यका लागि राप्रपा उपयुक्त पार्टी भएको बताउनुभयो ।

आइतबार​ २७ चैत २०७८ ०९:१६ PM मा प्रकाशित

प्रतिक्रिया