यो दैनिकी बिहान उठ्यो अफिस गयो । दिनभर काम गर्यो । बेलुका घर फर्कंदा दिनभरको कामको थकान हुन्छ, अनि आराम गर्न पल्टियो । यसरी नै हरेक दिन बित्दै थियो । मेरो हरेक दिन यही रूटिङ बनिसकेको थियो । मलाई यो थकान मेटाउनको लागि यस शहर देखि कतै टाढा सुनसान वातावरणमा जान मन थियो ।
यो शहरको भीडभाड र रमझमबाट अलग्गै कतै जाने भएर होला म मा एक किसिमको उत्सुकता छाइरहेको थियो । त्यो चराचुरुङ्गीको आवाज संगै उदाउँदै गरेको सुर्यको पर्खाइमा म निदाएँ ।बिहान् अलार्मको टिङटिङ आवाज संगै मेरो निन्द्रा खुल्यो । र, म हतार हतार गर्दै ठीक भएर गन्तव्य स्थल बुढानीलकण्ठ तर्फ लागे बुढानीलकण्ठबाट लगभग ५ मिनेटमा हामी निकुञ्जको मुख्य प्रवेशद्वारमा पुगे । त्यहाँ टिकट काटेपछि सजिलै भित्र छिर्न सकिनिरेछ । म पनि छिरे ।
नागी गुम्बा जसलाई बाहिरबाट हेर्दा सुन्दर देखिन्थ्यो । भित्र त झन् अति नै सुन्दर थियो । बाहिरैबाट हेर्दा आकर्षक देखिने उक्त गुम्बा भित्र थुप्रै मूर्तिहरू थिए । जसलाई उचित तरिकाले सजाएर राखिएको थियो । उक्त गुम्बाको स्थापना २०४७ सालमा भएको रहेछ । गुम्बा वरिपरि हरियाली चौर रमणीय वातावरण जहाँ मैले आफुले आफुलाई नै हराएँ । त्यहाँ भित्र छिर्दा एउटा छुट्टै आन्नद मिल्छ । स्वच्छ हावा शान्त वातावरण चराचुरुङ्गीको त्यो आवाज जसमा बेग्लै अनुभव हुन्छ ।
त्यो झिलीमिली शहरदेखी अलिक टाढा शान्त ठाउँ जसमा छहराहरू संग रमाउँदै, चराचुरुङ्गीहरूको आवाजमा आफ्नो आवाज मिलाउँदै, ती रुखहरूसंग कुराकानी गर्दै, मनभित्र गुम्सिरहेको हजारौँ कुरालाई यी सबको अगाडि खुल्ला मनले पोख्दै जान पाउँदा म एकदम खुसी थिएँ । त्यसपछि मा उक्त गुम्बा जाने रुट हेर्दै हेर्दै अघि बढे ।
शिवपुरीको सम्पूर्ण डाँडा उपोष्ण तथा शीतोष्ण क्षेत्रमा पर्दछ । काठमाडौँ शहरबाट नजिक रहेको यो निकुञ्ज । पूर्वमा चिसापानी देखि पश्चिममा ककनीसम्म फैलिएको छ । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने वि.सं. २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग कि.मि. क्षेत्रफल समेटेर १५९ वर्ग कि.मि. क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको छ । यहाँको हावापानी, भू–बनोट, माटो तथा जैविक तत्वहरूले गर्दा प्राकृतिक वनको संरचनामा विभिन्नता ल्याएको पनि देखिन्छ ।
प्रतिक्रिया