फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता
प्रवास मा रहेर पनि आफ्नो मौलिक धर्म परम्परा र संस्कृति लाई जगेर्ना गर्ने उद्देश्यले माघी पर्व थारु नयाँ वर्ष २६४६ को साथै वार्षिक भेलाको आयोजना गर्न लागिएको हो । विशेषगरी तराई मधेस को भुभागमा रहेर आफ्नो थात थलो बनाई बसेका जनजाति हरु मध्य थारु जाति सबैभन्दा धेरै जनसंख्या भएको जनजाति मा पर्दछ ।
थारु जातिको आफ्नै मौलिक परम्परा , संस्कार ,संस्कृति ,भाषा र भेष भुषा छ । १५ जनवरी दिउँसो १:०० बजे एभरेस्ट क्लब बर दुबईमा आयोजना हुन गइरहेको कार्यक्रममा स्थानीय कलाकार हरु लाई साथ दिन का लागी भव्य र मनोरञ्जनात्मक बनाउन नेपाल बाट अतिथि कलाकार को रूपमा थारु चर्चित गायिका समिक्षा चौधरी आउने भएको जानकारी थारु कल्याणकारीनि सभा, युएईका महासचिव खेम महतो थारु ले जानकारी दिए।
प्रतिक्रिया