×

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट संवैधानिक इजलासमा, आजै सुनुवाइ

images

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावि भएको संसद सचिवालयका महासचिव भरत गौतमको पत्र विरूद्ध परेको रिटमा आज सुनुवाई हुने भएको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले दायर गरेको मुद्दाको कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको छ। जबराको आचरणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार माात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।

 उनी २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउनेछन्। सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए । यसको पेशी तोकिएको छ र केहीबेरमा सुनुवाइ सुरु हुने छ ।

महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कानुन व्यवसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् ।

शुक्रबार​ २३ मंसिर २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया