काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले चीनको बिकास परियोजना बीआरआई अन्तर्गतको अनुदान मात्र स्विकार गर्ने पूर्ववत् अडानमा फेरबदल नभएको प्रस्ट पारेको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो ।
बैठकले चीनसँगको भएको सहमति अनुसार परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने पुनः प्रस्ट पारेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो।
‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा. महतले भने, ‘त्यसभित्र पनि अनुदान हुन्छ।’ उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए।
बैठक पछि कांग्रेस प्रवक्ता महतले थप भने, ‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो। त्यो चीन सरकारको सवालमा मात्र होइन। आउने दिनमा पनि कुनै पनि सरकारबाट प्राप्त हुने ऋणका अनेकौ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहति ऋण लिदा देशलाई फाइदा हुँदैन भन्ने हाम्रो ठहर हो।’
बैठकले भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्न निर्देशन दिएको र तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जनसहित पारित गरेको उनले बताए।
बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गर्ने निर्णय अनुमोदन गरेको छ भने समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई बनाउने निर्णय गरेको प्रवक्ता महतले बताए।
प्रतिक्रिया