×

काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्ती

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको  छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ । यसअघि माओवादीका स्थानीय नेता कृष्णराज सुवेदीलाई टिकट दिने चर्चा चलेपनि उनले पाउन सकेनन् । 

सो निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभाको चुनावमा माधव नेपाल विजयी भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा पनि माधव नेपाल विजयी भएका थिए तर उनी रौतहटबाट पनि विजयी भएकोले सो क्षेत्र छोडेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा काँग्रेसका दीपक कुइँकेलले चुनाव जितेका थिए । 

आइतबार​ २३ असोज २०७९ १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया