नेकपा एमालकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज मङ्गलवार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले याे आरोप लगाउनुभएको हो ।
यस्तै उहाँले आउँदाे मङ्सिर ४ गते प्रदेश सभा र सङ्घीय चुनावमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताउनुभयो । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उहाँको भनाइ थियो ।
उपनेता नेम्वाङले वर्तमान सरकारका कमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया