×

उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न गाह्राे छैन : राजेन्द्र महतो

images

 लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ । 

आज मङ्गलवार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आउँदाे चुनावका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताउनुभयो । छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुङ्गो लाग्ने उहाँकाे भनाइ ५ । उहाँले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नका लागि कुनै गाह्राे नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी चुनावको तयारीमा लागिसकेका छाैँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । अहिले पाँच दलीय गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुङ्गोमा पुग्नेछौँ । छैटौँ दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुङ्गोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन ।’

सांसद महताेले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताउनुभयो । 

मङ्गलबार २४ साउन २०७९ ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया