×

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

images

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । 

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

बिहीबार २६ जेठ २०७९ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया