नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविरुद्ध भ्रम फैलाइरहेको आरोप लगाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर प्रकाशशरण महतले गठबन्धनकै कारण एमालेले चुनाव हार्ने अवस्था देखेपछि अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाउन थालेको आरोप लगाउनुभयो ।
एमाले अध्यक्ष ओलीले केही ज्योतिषहरुको भनाइ भन्दै आउँदो असार १७ गतेपछि गठबन्धन भत्किने जिकिर गर्दै आउनुभएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनले चुनावमा शानदार जित निकाल्ने र लामो समयसम्म सहकार्यमै रहने जिकिर गर्नुभयो ।
चुनाव हार्ने देखेपछि ओलीले अनेक गलत हल्ला फैलाएर मतदातामा मनोवैज्ञानिक रुपमा प्रभाव पार्न खोजेको महतको आरोप छ । ‘ओलीको विशेषता भनेकै मनोरञ्जन दिने, उखान टुक्का जोड्ने र हसाउने हो, नेपाली जनता सरल सिधा छन्। उहाँको विशेषता काम होइन कुरा हो । कुरा गर्नेसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ ’ महतले भन्नुभयो ।
प्रतिक्रिया