×

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

images

नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक स्थगित भएको छ । 

बजेटमाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवराेध गरेकाे बताउनुभयाे । बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उहाँकाे भनाइ छ । 

बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहनुभएकाे छ । बिहीवार पनि सूचना टाँस गरी संसद् बैठक स्थगित भएको थियो । 

शुक्रबार​ २४ असार २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया