×

श्रममन्त्री कुँवर र आइएलओका निर्देशक रिचार्डबीच उचित न्याय र श्रमिकको सुरक्षाबारे छलफल

images

 श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार श्रम मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभयो ।

साथै आइएलओले नेपाली श्रमिक र श्रम क्षेत्रलाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।

भेटमा आइएलओका राष्ट्रिय निर्देशक डा. रिचाड हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउदा दिनमा पनि श्रमिकको सुरक्षा र न्यायका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने  प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार​ २४ असार २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया