नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले रासायनिक मलमा कमिसन खान खोज्दा अभाव भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठक बजेटमाथि भइरहेको मन्त्रालयगत छलफलमा बोल्दै सांसद भट्टराईले किसानले मल नपाएर खेती लगाउन नपाएको अवस्थामा पनि सरकारले रासायनिक मल ल्याउन आनाकानी गरेको दाबी गर्नुभयो ।
‘मलको हाहाकार छ, मल छैन, हामीले सुनिराखेका छौँ मल खोज्न कृषिमन्त्री भारत जानुभएको छ रे, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन, लिएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासन हुनुभयो कि भन्ने आशङ्का पनि छ’ भट्टराईले भन्नुभयो ।
उहाँले सरकारले कमिसन खान नपाएसम्म रासायनिक मल नआउने डर रहेको पनि बताउनुभयो ।
‘अर्को कुरा, यो सरकारले मल ल्याउन खोजेको छैन, मलमा माल खोजिरहेको छ माल । जबसम्म माल आउँदैन तबसम्म मल आउनेवाला छैन, हामीले मल खोजेको हो सभामुख महोदय मालको पछाडि लाग्ने खोजेको होइन’उहाँले भन्नुभयाे।
प्रतिक्रिया