×

महानगरका उम्मेदवार सिंह र श्रेष्ठ चुनाबी प्रचारप्रसारमा ब्यस्त

images

काठमाडौँ । काठमाडौैँ महानगरपालिकाको सत्ता गठबन्धन तर्फका उम्मेदवारहरु घरदैलो कार्यक्रममा ब्यस्त भएका छन् । उम्मेदवारहरुले महानगरका स्थानिय मतदाताहरुको समस्याहरुलाई सुन्दै त्यसको समधान गर्ने प्रतिबद्धता ब्यक्त गरीरहेका छन् । सनिवार ठमेल क्षेत्रमा भएको मतदाता भेटघाट कार्यक्रममा मेयरका उम्मेदवार सिर्जना सिहंले काठमाडौँ भित्रका धार्मिक र सांस्कृतीक सम्पदाहरुको संरक्षरण र सम्बद्धनका लागी  आफु दिनरात नभनिकन लागीरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

चि.वहाल परिसरमा भएको उक्त मतदाता भेटघाट कार्यक्रममा चि. वहाल र असोक चैत्य संरक्षण गरीरहेको र स्थानिय सम्पदा संरक्षणकर्ता चि. वहाल परिवार प्रति  खुसि ब्यक्त गर्नुभएको थियो । उक्त भेटघाट कार्यक्रममा मेयरका उम्मेदवार सिंहले उपत्यकाका धार्मिक र सास्कृतिक सम्पदाहरुमा भुमाफियाहरुको अतिक्रमण सैह्य नहुने भन्दै  यसका लागी जनतासंग मिलेर साकृतिक सम्पदाहरुको संरक्षरणमा लागी रहने बताउनुभयो । साथै ठमेल क्षेत्रलाई पर्यटन मैत्री बनाउने दृढता ब्यक्त गर्नुभयो । 

यसैबिच गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ठमेल क्षेत्र पर्यटन क्षेत्र भएकाले यसको ऐतिहासिक र धार्मिक महत्व रहेकाले यस क्षेत्रका सामाजिक र सास्कृतिक सम्पदाहरु संरक्षरण गर्न सकेको खण्डमा विश्वभरका पर्यटकहरुको भ्रमण स्थलको रुपमा रहने बताउनुभयो । साथै यसबाट सरकारले बिदेशी मुद्राहरु आर्जन गर्ने र ब्यबसायीहरुबाट राम्रै कर उठने भएकाले आफु उपमेयर र्निवाचित भएको खण्डमा समग्र क्षेत्रको बिकासमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले गठबन्धनको तर्फबाट एक ढिक्का भएर मेयर सिर्जना सिंहको नेतृत्वमा उम्मेदवारी दिएकोले हामि सबैलाई अत्याधिक मतले बिजयी गराउन अनुरोध गर्नुभएको छ् ।  

आइतबार​ २५ बैशाख २०७९ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया